सोलुखुम्बु, ३ जेठ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा ४ दिनदेखि उडान बन्द भएको छ । लुक्ला विमानस्थलका प्रमुख प्रविन श्रेष्ठका अनुसार बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान नभरेको जनाएको छ । खुम्बू क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको विकल्प नहुँदा २०० स्वदेशी तथा विदेशी यात्रु लुक्लामै…