साढे १८ किलो अफिमसहित ५ जना पक्राउ

बाँके, ४ असार । बाँकेमा साढे १८ किलो अफिम सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ  । बुधवार विहान जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भेरी नगरपालिका–९, खलंगा, जाजरकोटका २५ बर्षिय राजेन्द्र विश्वकर्मा, पूर्वी रुकुम पुथा गाउँपालिका–२ का ५९…