करेन्ट लागेर एकको मृत्यु

झापा, २१ जेठ । झपामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार मेचिनगर नगरपालिका–९ का ४५ वर्षीय कृष्ण चौधरीको मणिकुमार लिम्बुको घरमा रहेको कुखुरा फारममा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएका उनलाई अलस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।