म्याग्दी, १८जेठ । म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मङ्गला माविमा कृषि विज्ञान विषयको पठनपाठन शुरु भएको छ । कृषि विज्ञान विषयका लागी अठचालिस विद्यार्थीको कोटामध्ये यस वर्ष ४५ जना भर्ना भइसकेका र तीमध्ये२३ छात्रा र २२ छात्र छन् । वार्षिक एक हजार पूर्णाकको १० विषयमध्ये चार वटा सामान्य र छ वटा कृषि विज्ञानसँग सम्बन्धित विषयको…