काठमाडौँ, १७ वैशाख । नेकपा एमाले संसदीय दलको आज बसेको बैठकले संविधान संशोधन विधेयक देश र जनताका लागि उपयुक्त नरहेको जनाउँदै त्यसविरुद्ध लाग्न आफ्ना सम्पूर्ण सांसदलाई निर्देशन दिएको छ । दलका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता बसेको बैठकमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नुपर्ने बताउँदै संविधान संशोधन आवश्यक नरहेको कुरा उठेको थियो ।…