काठमाडौँ, २ असार । काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाइ हुने प्रलोभन देखाएर १२ जना युवतीलाई झापाको विर्तामोड पुर्याइन् । मासिक ५० हजारसम्म कमाउने युवनीहरु ती महिलाको साथमा धेरै कमाउने महन्वाकांक्षाले बिर्तामोड पुगे । तर त्यहाँ पुगेपछि उनीहरुले कमाइको कुरा त परै जाओस् परिवारसँग फोनसमेत गर्न पाएनन् ।…