काठमाडौँ, ९ वैशाख । उपत्यकासहित देशभरका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । पश्चिमी वायुको प्रभावले मौसम बदली भए पनि अहिले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमहाशाखाले जनाएको छ । अहिले बदली भएको ठाउँको मौसम केहीबेरमा खुल्नेछ । तर दिउँसोपछि फेरि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने अनुमान गरिएको छ ।