प्रधानाध्यापकसहित नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, ८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयनाथ उच्च माध्यमिक विद्यालय, कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक थानेश्वर खनालसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल भुसाल, वर्तमान प्रधानाध्यापक गिरीराज गैरे र शिक्षक दधिराम न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले खनालसहित अध्यक्ष भुसाल र प्रधानाध्यापक गैरे र शिक्षक न्यौपानेको मिलेमतोमा विद्यालय व्यवस्थापनको विविध विषयहरूमा अनियमितता गरेको…