बुटवलको रेस्टुरेन्टमा आगलागी

बुटवल, २८ चैत । बुटवलका कालिकानगरस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ । बुधबार राति कालिकापथस्थित गणेश पन्तको घरको दोस्रो तलामा रहेको ड्याडी किचन रेस्टुरेन्टको फ्रिजको तार सर्ट भएर  आगलागीबाट करिब ५ लाख बराबरको सामान क्षति भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ । दमकल र स्थानीयको सहयोगले आगो नियन्त्रणमा आएको  प्रहरीले जनाएको छ ।