कपिलवस्तु, २६ बैशाख । नेपाल भारत सीमा ३ दिनका लागि बन्द हुने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालका अनुसार शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने जनाएका छन । भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने चुनावको सुरक्षालाई मध्यनजर गर्दे कपिलवस्तुको सीमा नाका बन्द गरिन लागेको बताएका छन…