भक्तपुर, ४ फागुन । भक्तपुरको घ्याम्फेडाँडामा पिकनिक मनाइरहेका ६ जना चट्याङ लागी घाईते भएका छन् । शनिबार दिउँसो २ बजे सुर्यबिनायक नगरपालिका–७ घ्याम्फेडाँडामा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका विद्यार्थीहरु पिकनिक मनाइरहेका बेला चट्याङ लागी ६ जना घाईते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा कीर्तिपुर बस्ने २५ वर्षीय रबि पाण्डे, २५ वर्षीय जिवन भण्डारी, २४ वर्षीय कमल पाण्डे, २५ वर्षीय सत्तेनन्द गुप्ता, विश्वविद्यालयमा…