काठमाडौं, २ पौष । ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा स्थानीय तहका कर्मचारीहरुले देशभरका कामकाज ठप्प पारेका छन् । आज सोमबार स्थानीय तहका कर्मचारीहरुले अध्यादेशले आफूहरुलाई विभेद गरेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरी देशभरका सबै स्थानीय तहको कामकाज ठप्प पारेका हुन् । स्थानीय तह कर्मचारी संघका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार निजामती कर्मचारीहरुलाई दिइँदै आएको सेवा, सुविधाबाट आफूहरुलाई…