बुटवलबाट ९ जना जुवाडे पक्राउ

असोज ३१, रुपन्देही । जुवा खेली रहेका ९ जनालाई बुटवलमा प्रहरीले  पक्राउ गरेको छ । उनीहरूबाट २ लाख रुपैया समेत बरामद गरेको  इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । जुवा ऐन अनुसार कारबाही हुने प्रहरीले बताएको छ ।