मध्य भोटेकोशी आयोजनामा स्थानीयको तालाबन्दी : प्रजिअले धम्की दिएको आरोप

साउन ६, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माण भइरहेको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको कार्यालयमा स्थानीय वासिन्दाले तालाबन्दी गरेका छन् । बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा लगायतका जनप्रतिनिधिहरु उपस्थितिमा आयोजनाको साइट कार्यालय जम्बुमा पुगेर आयोजना प्रभावित क्षेत्रका स्थानीयले कार्यालयमा तालबन्दी गरेका थिए । आयोजना प्रभावित साविकको पाँच गाविसमा स्वास्थ्य चौकी, विद्यालयजस्ता भौतिक संरचना निर्माणमा चासो नदिएको सहितका…