साउन २, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले इन्टरनेटको मुल्यमा कालोवजारी गर्नेलाई कारवाही गरी उपभोक्ताको हितमा वैज्ञानिक र व्यवस्थित गर्ने बताएका छन् । मन्त्री वास्कोटाले सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्न नमानेको र मूल्य बढाएको भन्दै सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत शुल्क लगाएसँगै इन्टरनेट सेवा प्रदायकहरुले आफूखुसी…