पर्यटन श्रमिकको समस्या बेलैमा सुनुवाई नभए पर्यटन क्षेत्र नै ठप्प पार्ने चेतावनी

असार ३०, काठमाडौं । पर्यटन क्षेत्रका श्रमिकहरुले पर्यटन श्रमिकको नियमसंगत पाउनुपर्ने मागको बेलैमा सम्बोधन हुन नसके यो क्षेत्र नै ठप्प पार्ने चेतावनी दिएका छन् । काठमाडौंमा संचालित पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको सेवा सम्बन्धी क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा पर्यटन क्षेत्रका श्रमिक नेताहरुले व्यवसायीका कारण पर्यटन क्षेत्र नै टिक्छ कि टिक्दैन भन्ने अवस्थामा पुगेको आरोप लगाए…