पर्सामा स्थानीयवासीले गरे प्रहरी कार्यालयमा हमला : ५ प्रहरी घाइते

बैशाख २४, पर्सा । जिल्लाको जिराभवानी गाउँपालिका–२ सेढवामा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न गएका स्थानीय र प्रहरीबीच झडपका क्रममा ५ जना प्रहरी घाइत भएका छन् । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साले ठोरी गाउँपालिका–४ सुवर्णपुरबाट मोबाइल चोरी र मादक पदार्थ सेवनको आरोपमा पक्राउ…