समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २० साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानार्षण गराए । बैठकमा सांसद बलबहादुर महतले जुम्लामा केही समयअघि मन्दिरबाट मूर्ति चोरी भएको घटनाका सम्बन्धमा खासै कारबाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद बलराम अधिकारीले लुम्बिनी अन्तर्गतपर्ने हुलाकी सडक चार लेनको बनाउने भनेको तर हाल त्यसमा कटौती गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।…