रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ, १२ मंसिर । तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका–४ का…