घरभित्रै ६८ वर्षीया महिला मृत फेला

काठमाडौँ, २७ पौष । चितवनको रत्ननगर नगरपालिका-४  मा शनिबार बिहान ६८ वर्षीया सुकमायादेवि तमाङ मृत भेटिएकी छन् ।  प्रहरीका अनुसार आज बिहान अबेलासम्म पनि उनलाई घर बाहिर निस्केको नदेखेपछि १० बजेतिर तिर छिमेकीहरूले गएर हेर्दा उनी कोठामा मृत फेला परेकी हुन् । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको आशंका गरेको छ । मुखमा कपडा कोचेको छ । घाँटी अठ्याएको…