हङकङ, २२ असार । फिलिपिन्समा बिहीबार ६.९ म्याग्निच्युडको भूकम्प गएको समाचार छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएस ले बिहीबार सो जानकारी दिएको छ । फिलिपिन्सको पस्ट्रानाबाट छ किलोमिटर दक्षिणपश्चिममा पर्ने इलाकामा भूकम्पको केन्द्रविन्दु भएको जनाइएको छ । तर यस समाचारको विस्तृत विवरणलगायत भूकम्पबाट भएको मानवीय र अन्य संरचनाको क्षतिको भने कुनै विवरण प्राप्त भएको…