नेपालगन्ज, १५ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताए । नेपाल प्रेस युनियन, बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले—“संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलले निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ ।” सरकारले निर्वाचनको सबै आधार छिटो तय गर्नुपर्नेमा जोड दिँदै देउवाले ‘दलहरुबीच सहमति बन्यो भने छोटो समयभित्र…