माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

दार्चुला, २४ पौष । दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार बस्ने २४ वर्षकी झुपा राना शैल्यशिखर नगरपालिका–१ चौड स्थित घर लिपपोतको लागि बुधवार माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारको लागी गोकुलेश्वर अस्पताल गोकुलेश्वर, दार्चुला लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला…