दुई सयदेखि नौहजारसम्म दक्षिणा दिएर साधुहरूको बिदाइ 

काठमाडौँ, १६ फागुन । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेको थियो ।  गुठी संस्थान र कोषले साधुसन्तको वर्गीकरण गर्दै त्यहीअनुसारको खर्चको व्यवस्था गर्दै आएको छ…