काठमाडौँ, २० माघ । काठमाडौँ महानगरपालिका–१६, बालाजु बाइपासमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार प्राइम बैंकको पार्किङमा अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । हालसम्म मृतकको सनाखत भएको छैन । यद्यपि, उनको राहदानी नम्बर फेला परेकाले थप विवरण खुल्ने बताइएको छ । उनलाई मृत…