टाटा सुमो दुर्घटनामा मृत्यु हुने ६ जनाको सनाखत (नामसहित)

काठमाडौँ, २१ पौष । आइतबार मकवानपुरको भीमफेदीमा भएको टाटा सुमो दुर्घटनामा ज्यान गुमाउने ६ जनाको सनाखत भएको छ । आइतबार साँझ १७ः२० बजेको समयमा भीमफेदी–६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा ना१ज १७७८ नम्बरको सुमो दुर्घटना भएर एक सय मिटर तल खस्दा ९ जना घाइते भएका थिए । घाइतेमध्ये ६ जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा…