बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने ४ जना पक्राउ

काठमाडौँ, १० पौष । कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली प्रहरीका अनुसार भजनी नगरपालिका-१ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्ने गुरुवासहितका चार जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भजनी नगरपालिका-१ का २८ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५…