ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, ३० कार्तिक । लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि बेलायत र अस्ट्रेलिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने ललितपुर महानगरपालिका–४ बस्ने बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ का ३१ वर्षीय मनोहर चौधरी र काठमाडौँ महानगरपालिका–१३ बस्ने प्युठानको गौमुखी गाउँपालिका–४ का २२ वर्षीय मेघराज सुनारलाई प्रहरीले पक्राउ गरेको हो…