काठमाडौँ, २९ कार्तिक । काठमाडौँमा व्यावसायिक भिसामा बसेर ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौँको सोह्रखुट्टे स्थित मिलीजुली चोकबाट उनीहरूलाई अध्यागमन विभागको टोलीले नियन्त्रणमा लिएको हो । अध्यागमन विभागका अनुसार व्यावसायिक भिसामा बसेर उनीहरुले आर्थिक हैसियत कमजोर भएका नेपाली युवतीहरूलाई चिनियाँहरूसँग विवाह गराउने गरेको भेटिएको हो । पक्राउ पर्नेमा…