जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको तयारी

धनुषा, २४ कार्तिक । रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएका छन् । पाँच सयभन्दा बढीको सङ्ख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा सुरु भइसकेको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विवाह पञ्चमी महोत्सव तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षिय बैठक गरिएको जानकारी दिए । विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री…