८ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

हेटौंडा, १९ असोज । हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान ३ बजे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको हो । बरामद सुनको मूल्य…