भूकम्पको धक्का

काठमाडौँ, १८ भदौ । सिन्धुपाल्चोकमा आज भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ : ११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।  ४.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।