बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, १४ भदौ । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलोमा यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई बिहीबार साँझ ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । सडक–बाटोमा मागी हिँड्ने ती महिलाको धुलिखेल अस्पतालमा उपचारका…