काठमाडौँ, १४ साउन । भक्तपुर, दोलखा र सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भक्तपुरको हनुमन्ते खोला जगाती बाढीमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । त्यसैले हनुमन्ते खोलाको तटीय क्षेत्रमा रहनेहरूले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने छ । दोलखा र सिन्धुपाल्चोकमा मध्यमदेखि भारी वर्षा मापन भएको छ…