तिनाउमा डुबेर एक बालकको मृत्यु

काठमाडौँ, १२ साउन । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका-११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए । तीमध्ये बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा…