खैरो हेरोइनसहित एक युवक पक्राउ

काठमाडौँ, १२ असार । कैलालीको गोदावरी नगरपालिका–२ स्थित तेघरीबाट लागुऔषध खैरो हेरोइनसहित एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले १ ग्राम १६० मिलिग्राम खैरो हेरोइनसहित २४ वर्षीय अमित सोवलाई पक्राउ गरेको हो । घटनाबारे इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ ।