कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई

काठमाण्डौ,२७ जेठ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ कार्यवाहक प्रधानमन्त्री बनेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएपछि महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन प्रचण्ड भारत गएका हुन् ।