काठमाण्डौ,२५ जेठ । काठमाडौंको नक्सालस्थित बालमन्दिरको जग्गा भाडा प्रकरणमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । यो प्रकरणमा २७ वैशाखमा २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी…