काठमाडौँ, २४ जेठ । आज २०८१ साल जेठ २४ गते बिहीबारको राशिफल । मेष : खर्च बढ्नेछ। आम्दानी क्षेत्र धेरै देखिन्छन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको रोजगारीबाट फाइदा हुनेछ। खर्च कटौती गर्नुपर्ने चुनौती देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । वृष : समय रमाइलो छ। नयाँ ठाउँको भ्रमणको अवसर प्राप्त हुनेछ। बौद्धिक र विभिन्न देशका व्यक्तिसँग भेट गर्ने…