चारजना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ, ५ जेठ । नेपाल प्रहरीका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।