गुल्मीमा आगलागीबाट तीनवटा घरगोठ जले

काठमाडौँ, १७ वैशाख । गुल्मीको मदाने गाउँपालिका – ७, भनभनेमा आगलागीबाट ३ वटा घरगोठ जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीयको खरबारीमा लागेको आगो बस्तीमा सल्किँदा ३ वटा घर–गोठ जलेर नष्ट भएको हो । भनभनेको दीपक माध्यमिक विद्यालय नजिकैको वनबाट फैलिएको आगो बस्तीमा फैलिएपछि स्थानीय यमबहादुर घर्तीको ढुंगाले छाएको २ तले…