काठमाडौँ, ११ वैशाख । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको थियो ।