काठमाडौँ, १२ वैशाख । रौतहटको देवाहि गोनाही– १ करुनियास्थित आगलागीबाट ७ वटा घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार अपराह्न भएको आगलागीबाट ७ घर जल्दा लाखौँको क्षति भएको छ । विद्युतको तार सर्ट भएर आगलागी हुँदा स्थानीय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी, ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी र…