काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था गर्नका लागि देशभरका विद्यालयमा सर्कुलर गरेको छ । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जन्ममितिमा संशोधन गर्न सकिने प्रावधान रहेकाले उमेर नपुगेको भए त्यसलाई संशोधन गरेर परीक्षा आवेदन फाराम भर्न सकिने सर्कुलरमा जनाएका छन् । बोर्डले…