काठमाडौँ, २९ चैत । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बुधबार राति करिब १ बजेतिर विस्फोट भएको हो । विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको छ । विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ । विस्फोट…