हत्या गरेर भागेका प्रतिवादी पक्राउ

काठमाडौँ, ९ चैत । काठमाडौँ महानगरपालिका–२१ स्थित लगनटोलमा २०५६ मा हत्या गरेर भागेका प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कास्कीको लेखनाथ नगरपालिका–११ स्थित फुलबारीबाट हत्यामा संलग्न रहेर फरार भएका रामकाजी पोडेलाई पक्राउ गरेको हो । पोडे दुरसञ्चार प्राधिकरणमा मेन्टिनेन्सको काम गर्छन् । २०५६ जेठ २ मा रामकाजी पोडे समेतले लगनटोलमा…