काठमाडौँ, १७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीलएल) क्रिकेटमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सले खेल्दैछन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर र रोहित पौडेलको कप्तानी रहेको लुम्बिनीबीचको खेल त्रिवि त्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । दुवै टोलीले आज आफ्नो छैटौं खेल खेल्दैछन् । विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा…