काठमाडौँ, १५ मंसिर । प्रहरीले काठमाडौँ महानगरपालिका–१३ स्थित सोल्टिमोडबाट एक जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मकवानपुरको मनहरी गाउँपालिका घर भएर सोल्टीमोड बस्ने ३० वर्षीय सन्तोष गुरुङलाई पक्राउ गरेको हो । उनले लुकाएर राखेको अवस्थामा अमेरिकन रिभल्बर बरामद गरिएको छ । उनले सो रिभल्बर जेनजी प्रदर्शनको क्रममा लुटेको हुनसक्ने आकलन…