१० जना जुवाडे पक्राउ

काठमाडौँ, १४ फागुन । काठमाडौँ महानगरपालिका–४ बालुवाटार स्थित चुनदेवीबाट प्रहरीले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जका डीएसपी अम्मर बहादुर थापा (क्षेत्री) नेतृत्वको टिमले जुवा खालबाट १ लाख ४७ हजार नगद बरामद गरेको छ । विनीता गिरीले भाडामा लिएको घरमा सञ्चालित जुवा खालमा छापा मारेर १० जनालाई पक्राउ गरिएको हो ।…