ताप्लेजुङ, ११ पौष । पाथिभरा याङवरक गाउँपालिका-१ त्रिवेणी भन्ने जङ्गलबाट विभिन्न हातहतियार बरामद भएको छ । हतियारसहित सोही गाउँपालिका-१ सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिमसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले उनीहरूलाई दुई नाले भरुवा बन्दुक १ थान, एक नाले भरुवा बन्दुक १ थान,…